घट्यो सुनको मूल्य
merolifestyle.com · Thu Nov 17 05:54:49 GMT 2022
लगातार बढिरहेको सुन–चाँदीको मूल्य बिहीबार भने घटेको छ। नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
Read full story at source (merolifestyle.com)