मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन
gorkhapatraonline.com · Wed Jun 24 03:03:03 GMT 2026

कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ । यहाँका सात स्थानीय तहले १८७ जना मृतकको खातामा १५ लाख सात हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेका हुन् ।
शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८१ र २०८२ मा ३५ जना मृतकको खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । नगरपालिकाले सो आवमा दुई लाख ५९ हजार १११ रुपियाँ मृतकको खातामा भत्ता निकासा गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यसका साथै शुक्लाफाँटा नगरपालिकाले एक जनालाई ८४ हजार रुपियाँ दोहोरो भत्ता तथा एक जना विधवा विवाहितको खातामा पनि भत्ता निकासा गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)