हुम्लाका छ गाउँपालिकाले आज बजेट ल्याउँदै
gorkhapatraonline.com · Wed Jun 24 04:44:24 GMT 2026

जिल्लाका छ वटा गाउँपालिकाले बुधबार गाउँसभाको आयोजना गरी आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र बजेट तथा कार्यक्रम सभामा पेश गरिसक्नुपर्ने व्यवस्था भएकाले जिल्लाका सबै गाउँपालिकाले आज बजेट प्रस्तुत गर्न लागेका हुन्।
जिल्लाका नाम्खा, सिमकोट, सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले बुधबार बजेट ल्याउन लागेको जानकारी प्राप्त भएको छ। उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले सबैभन्दा कम ३५ करोड रुपियाँको बजेट ल्याउन लागेको छ।
Read full story at source (gorkhapatraonline.com)