महान्यायाधिवक्ताको ‘कमान्ड’मा अभियोगपत्र र अनुसन्धानमाथि निगरानी
baahrakhari.com · Thu Jun 25 12:34:03 GMT 2026

काठमाडौं । उपत्यकाका तीन जिल्लास्थित सरकारी वकिलको कार्यालयबाट फौजदारी कसुरमा दर्ता हुने अभियोगपत्र र अनुसन्धानका विषयमा महान्यायाधिवक्ता कार्यालयबाट निगरानी सुरु भएको छ ।
महान्यायाधिवक्ता डा.नारायणदत्त कडेलकै ‘कमान्ड’मा टोली बनाएर तीनै जिल्ला सरकारी वकिलको कार्यालयमा एक सातादेखि निगरानी भइरहेको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा दुई–दुई दिन निगरानी गरिएको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता अच्युत न्यौपानेले अभियोगपत्र र अनुसन्धानमा सुधारका लागि टोली बनाएर कार्यालयमै पुगेर ‘वाच’ गर्ने कार्य भइरहेको जानकारी दिए ।
Read full story at source (baahrakhari.com)