महानगर यातायातद्वारा थप १६ वटा विद्युतीय बस सञ्चालन
ratopati.com · Wed Jun 03 06:35:46 GMT 2026

काठमाडौँ । महानगर यातायात प्रालिले थप १६ वटा विद्युतीय बस संचालनमा ल्याएको छ । बुधबार काठमाडौँमा शशिला मोटर्स प्रालिले महानगर यातायात प्रालिलाई विद्युतीय बस हस्तान्तरण गरेको हो ।
३३ सिट क्षमता भएको नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुहरूका लागि पनि सहज डिजाइन गरिएको बताइएको छ । चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ ।
Read full story at source (ratopati.com)