घरजग्गामा देखियो मन्दीः असोजमा २५ हजारमात्रै घरजग्गा किनबेच, राजश्व साढे दुई अर्ब
nepalhomes.com · Wed Oct 19 07:12:37 GMT 2022
काठमाडौं । अर्थतन्त्रमा देखिएको संकटसँगै घरजग्गा व्यवसाय पनि सुस्ताएको छ । पछिल्ला महिनामा घरजग्गा कारोबार निरन्तर घटिरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
असोज महिनामा देशभरी २५ हजार ७८९ घरजग्गामात्रै किनबेच भएका छन् । जबकी गत वर्षको असोजमा ५९ हजार २२७ घरजग्गा किनबेच भएका थिए । यही वर्षको भदौमा देशभरी ३४ हजार ७२० घरजग्गा किनबेच भएको थियो । गत वर्षको भदौमा ७० हजार ९० घरजग्गा किनबेच भएका थिए ।
Read full story at source (nepalhomes.com)