आचारसंहिता उल्लंघनका घटना कम : निर्वाचन आयोग
abhiyandaily.com
काठमाडौं । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको दाबी गरेको छ । आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराएकाले उल्लंघनका घटना विगतको तुलनामा कमै मात्र भएको बताएको हो ।
आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्र आचारसंहिता उल्लंघन भएको बताए । आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारले लापरबाही गर्न सक्ने भएकाले आयोगले सोही अनुरूप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको जानकारी उनले दिए ।
Read full story at source (abhiyandaily.com)