सहुलियत पसलका लागि के छ तयारी, स्टक रित्तिएको चिनी र घ्यू आपूर्तिमा चासो कम
bizmandu.com · Sun Sep 04 09:32:55 GMT 2022
काठमाडौं। सरकारले बर्सेनि दसैंतिहारलाई लक्ष्य गर्दै सुपथ मूल्य पसलको व्यवस्था गर्छ। आम उपभोक्ताका लागि खाद्यान्नका निश्चित परिमाणमा छुट घोषणा गर्छ। यसपटक पनि तयारी छ तर उपभोक्ताको मागका अनुपातमा सरकारी निकायले खाद्यान्नको व्यवस्थापन गर्न निकै गाह्रो हुने देखिएको छ।
साल्ट ट्रेडिङमा चिनी छैन। दुग्ध विकास संस्थानमा पर्याप्त मात्रामा घ्यू, बटर मौज्दात छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्यांग्रा खरिदको प्रक्रिया नै सुरु गरेको छैन। त्यसैले सरकारले घोषणा गरे पनि यी तीन निकायले उपभोक्ताका लागि खाद्यान्न व्यवस्थापन गर्न गाह्रो छ।
Read full story at source (bizmandu.com)