महान्यायाधिवक्ता कार्यालयले गर्यो चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले आफ्नो चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०८३/८४–२०८७/८८) सार्वजनिक गरेको छ। महान्यायाधिवक्ता कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले उक्त योजना सार्वजनिक गरेका हुन्, जुन यही साउन १ गतेदेखि लागू भइसकेको छ।
‘फौजदारी न्यायको सुदृढीकरण’ भन्ने मूल नारा रहेको यस रणनीतिक योजनाका मुख्य पाँचवटा प्राथमिकताहरूमा वस्तुनिष्ठ अभियोजन, प्रभावकारी प्रतिरक्षा, संवैधानिक तथा कानुनी जिम्मेवारी, सूचना प्रविधि, र मानव संशाधन तथा भौतिक पूर्वाधार रहेका छन्।
Read full story at source (hamrakura.com)