‘अशक्त मतदातालाई पहिलो प्राथमिकता’
lokpath.com · Sat Nov 19 12:54:11 GMT 2022
काठमाडौं । देशभर एकै चरणमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अशक्त मतदातालाई पहिलो प्राथमिकतामा राखिएको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक एवं अन्य फरक क्षमता भएका व्यक्तिलाई मतदानका लागि प्राथमिकताका साथ सहजीकरण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं क्षेत्र नं ६ का बालविद्यापीठ मतदान केन्द्रका मतदान अधिकृत रामकुमार पौडेल घन्छन्, ‘मतदान केन्द्रभित्र आइसकेपछि अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत अशक्तलाई लाइनमा नबसी पहिलो प्राथमिकताकामा राखेर मतदान गराउँछौँ ।’
Read full story at source (lokpath.com)