तातोपानीका होटल र घरबास भरिभराउ
abhiyandaily.com
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको प्राकृतिक तातोपानी कुण्डमा आउनेहरूले यस क्षेत्रमा होटल र घरबास (होमस्टे)हरू भरिभराउ भएका छन् । पछिल्लो समय तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै गएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ ।
तातोपानीका तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी कुण्डमा नुहाउन आउने गरेका छन् । अहिले कुण्डमा आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
Read full story at source (abhiyandaily.com)