भन्सार राजश्व असुली ओरालोमा
karobardaily.com · Sat Nov 19 11:04:40 GMT 2022
पछिल्लो तीन वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व असुली भएको हो ।
कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो तीन महिनामा लक्ष्यको ६४.९० प्रतिशत राजश्व असुल भएको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ८५.८८ प्रतिशत राजश्व असुली गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ११२.९२ प्रतिशत राजश्व असुली गरेको थियो । साउन, भदौ र असोज महिनामा कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ६१ करोड ८२ लाख ५८ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखेको भएपनि एक अर्ब ६९ करोड ९१ लाख २१ हजार रुपैयाँ मात्रै असुल गरेको छ ।
Read full story at source (karobardaily.com)