ग्यासको लाइनमा जनता, बोनसको लाइनमा निगम : अन्याय कहिलेसम्म ?
saralpatrika.com · Tue Aug 04 06:15:47 GMT 2026

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा फेरि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। बिहानदेखि बेलुकासम्म डिलरमा लाइन बस्दा पनि रित्तो सिलिन्डर बोकेर घर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ। विद्यार्थीको परीक्षा प्रभावित भएको छ, वृद्धवृद्धा र बिरामी परिवार थप समस्यामा परेका छन्, दैनिक ज्यालादारी गर्ने मजदुरले दिनभरको काम छोडेर ग्यास खोज्नुपर्ने बाध्यता व्यहोर्नुपरेको छ।
तर विडम्बना के छ भने, यस्तो दृश्य नेपालका लागि नयाँ होइन। वर्षौंदेखि एउटै कथा दोहोरिँदै आएको छ- कहिले दशैंअघि अभाव, कहिले हिउँदमा अभाव, कहिले ढुवानीको समस्या, कहिले माग बढेको तर्क। उपभोक्ताले भने सधैं एउटै दुःख भोगिरहेका छन्।
Read full story at source (saralpatrika.com)