कांग्रेसको टिप्पणी– जनविश्वासको संकटमा घेरिएको सरकार विषयान्तर गर्न माहिर छ
shilapatra.com · Wed Aug 05 08:39:22 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार जनविश्वासको संकटले घेरिएको बताएको छ । बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वासको संकटमा पर्दा त्यसबाट बाहिरिने उपाय खोज्नुको सट्टा नयाँ–नयाँ विषय सिर्जना गरेर ध्यान मोड्ने प्रयास गरिरहेको टिप्पणी गरे ।
‘नेपालको सन्दर्भमा जब सरकार नैतिक संकटमा पर्छ, जब राजनीतिक अक्षमता प्रदर्शित हुन्छ, जतिबेला जनविश्वासको संकटले सरकार घेरिन्छ तब समस्याको समाधान सरकार खोज्दैन । त्यो समस्यालाई विषयान्तर गर्न अर्को घटना घटाउँछ । यो चलाखी सरकार गरिरहेको छ । ध्यान मोड्ने प्रयासमा सरकार लिप्त रहेको देखिन्छ,’ उनले भने ।
Read full story at source (shilapatra.com)