कांग्रेस युवा नेताहरूको संकल्प– पार्टी फुट्न दिने छैनौँ
shilapatra.com · Wed Aug 05 10:41:02 GMT 2026

कांग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्न एकता–सद्भाव विमर्श गरेका छन् । बुधबार काठमाडौंको सुकेधाराको एक पार्टी प्यालेसमा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरलगायतले धारणा राखेका थिए ।
‘कांग्रेसभित्र अहिले देखिएको परिस्थिति फुटउन्मुख छ । फुटबाट जोगाएर कसरी एक ढिक्का कांग्रेस बनाउन सकिन्छ भन्ने मूल उदेश्य लिएर देश र कांग्रेस जोड्ने अभियान गरिएको हो,’ नेता कर्णले भने । उनले संस्थापन र संस्थापनइतर पक्ष एक कदम पछि हटेर सहमतिमा आउनुपर्नेमा जोड दिए । ‘दुवै पक्ष एक–एक कदम पछि हटेर भए पनि सहमतिमा आउनुपर्छ,’ कर्णले भने, ‘कांग्रेस कमजोर भए देशकै लोकतन्त्र कमजोर हुन्छ ।’
Read full story at source (shilapatra.com)