प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता
karobardaily.com · Wed Nov 16 13:18:31 GMT 2022
प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुटसम्बन्धी सम्झौता भएको छ । मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो ।
सम्झौता अनुसार क्यापिटलका हितग्राहीले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छुट पाउनेछन् । यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिंक गरेको देखाउनुपर्नेछ ।
Read full story at source (karobardaily.com)