अत्यावश्यकबाहेकका सवारी साधन संचालनमा रोक लमजुङमा
nepalghatana.com · Sat Nov 19 05:38:51 GMT 2022
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत मंसिर ४ गते आइतबार सवै मतदान केन्द्रमा निर्वाचन हुँदैछ ।
लमजुङमा उक्त दिन अत्यावश्यक बाहेकका सवैखाले सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आइतबार मतदानको दिन एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल तथा स्वास्थ्य सेवा, विद्युत सेवा, खाद्यान्न, फलफूल तथा दूध ढुवानी लगायतका अत्यावश्यक सेवामा सञ्चालित, परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन र अनुमति लिएका सवारी साधनहरू बाहेकका सवारी साधनहरु गुडन प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
Read full story at source (nepalghatana.com)