कांग्रेस संकटको निर्णायक मोड: अदालत, राष्ट्रिय भेला र विभाजनको जोखिम
nepalsamaya.com · Sun Aug 09 13:49:00 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब सामान्य गुटगत असन्तुष्टिमा सीमित नरही पार्टीको वैधानिकता, नेतृत्वको भविष्य र सम्भावित विभाजनसम्म पुगेको देखिएको छ। सभापति गगन थापाले आफू विधानबारे पूर्ण जानकार रहेको र कसैको दबाब वा धम्कीका कारण आफ्नो बाटो नफेर्ने स्पष्ट पारेका छन् भने असन्तुष्ट समूहले राष्ट्रिय भेलासम्म सहमति नभए नयाँ राजनीतिक दल गठन गर्ने तयारी अघि बढाएको छ।
आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले विशेष महाधिवेशन विधानसम्मत भएको र निर्वाचन आयोगले समेत त्यसलाई मान्यता दिएको दाबी गरे। विशेष महाधिवेशन तथा पार्टीको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको आदेश दिए पनि त्यसलाई कांग्रेसले सहज रूपमा सामना गर्ने उनको भनाइ थियो।
Read full story at source (nepalsamaya.com)