कोशीमा सत्ता साझेदारीका लागि एमाले र नेकपाबिच दोस्रो चरणको छलफल सुरु
ratopati.com · Mon Aug 10 11:55:45 GMT 2026

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच दोस्रो चरणको औपचारिक छलफल सोमबार मुख्यमन्त्री निवासमा सुरु भएको छ । केन्द्रमा फेरिएको राजनीतिक समीकरण अनुसार प्रदेशमा पनि नयाँ गठबन्धनलाई पूर्णता दिन दुई दलका शीर्ष नेताहरू संवादमा जुटेका हुन् ।
यसअघि गत शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री निवासमा दुई दलबिच पहिलो चरणको प्रारम्भिक छलफल भएको थियो । उक्त बैठकमा मन्त्रालय बाँडफाँट, सरकारको साझा न्यूनतम कार्यक्रम र हालै ल्याइएको बजेट पुनरावलोकन गर्ने, प्रदेशको नामकरण पुनरावलोकन लगायतका विषयमा संवाद भएको थियो ।
Read full story at source (ratopati.com)