‘स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने सरकारको प्राथमिकतामा’
reportersnepal.com · Mon Aug 10 12:10:06 GMT 2026

काठमाडौँ, २५ साउन । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई देशभित्र नै रोजगारीका अवसर प्राप्त हुने गरी सीप विकास रोजगारीका कार्यक्रम नेतृत्व विकास उदमशिलता प्रवर्द्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले युवाका सवाल रोजगारी सीप सूचना प्रविधि उदमशीलता जलवायु परिवर्तन खेलकुद नवप्रवर्तन र सामाजिक नेतृत्वसँग जोडिएका बहुआयमिक विषय रहेको प्रष्ट पारे । मन्त्री यादवले मन्त्रालयले युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए ।
Read full story at source (reportersnepal.com)