ह्याकरले फेला पारे फेसियल रिकग्निसन र एआई मनिटरिङबाट अदृश्य हुने उपाय
techpana.com · Mon Aug 10 15:56:07 GMT 2026

काठमाडौं । कुनै समय हामीले केवल आफ्नो स्मार्टफोन वा अन्य उपकरणहरू छिटो र सुरक्षित रूपमा खोल्नका लागि आफ्नो अनुहार र औंलाका छापहरू (फिंगरप्रिन्ट) कम्पनीहरूलाई सुम्पिएका थियौं । तर यतिखेर आइपुग्दा हामी यस्तो निगरानीयुक्त (सर्भिलियन्स) समाजमा बाँचिरहेका छौं, जहाँ सडकका हरेक मोडमा रहेका लाइसेन्स प्लेट क्यामेराहरू ले फेसियल रिकग्निसन प्रविधिको प्रयोग गरेर हामीलाई सजिलै चिन्न सक्छन् ।
यी अत्याधुनिक क्यामेराहरूले तपाईँ को हो भन्ने मात्र थाहा पाउँदैनन्, तपाईँले कस्ता लुगा लगाउनुभएको छ, तपाईँको भावना कस्तो छ र तपाईंका दैनिक बानीहरू के-के हुन् भन्ने समेत ट्रयाक गर्न सक्छन् । यी क्यामेरा पछाडि रहेका कम्पनीहरूले ठुलो मात्रामा मानिसका डेटा सङ्कलन र स्टोर गर्छन् । यसैको परिणाम स्वरूप, कतिपय अवस्थामा सुरक्षा निकायहरूले समेत विना कुनै ठोस कारण जोसुकैलाई पनि निगरानी गर्न यी क्यामेराहरूको दुरुपयोग गरिरहेका घटनाहरू सार्वजनिक भइरहेका छन् ।
Read full story at source (techpana.com)