अपाङ्गता भएकै कारण विद्यालय शिक्षाबाट वञ्चित
gorkhapatraonline.com · Fri Jun 26 03:17:21 GMT 2026

विद्यालय जान घरबाट तीन घण्टा पैदल लाग्ने भएपछि २० वर्षीय छात्रा चण्डिका चन्दले विद्यालयमा गएर पठनपाठन गर्न सक्नुभएको छैन । जाजरकोट सदरमुकाम खलङ्गामा अपाङ्गता भएकाका लागि पठनपाठन गर्ने विद्यालय छैन ।
लक्ष्मी माध्यमिक विद्यालय भेरीमा कक्षा १० मा अध्ययनरत चन्द पैदल हिँडेर विद्यालय एक्लै जान नसकेपछि पढाइ छाड्न बाध्य हुनुभएको हो । भेरी नगरपालिका–४ की स्थानीय छात्रा चन्द अपाङ्गता भएकै कारण नियमित विद्यालय जानबाट वञ्चित हुनु परेको हो । एक वर्षअघिसम्म आमाले विद्यालय लाने ल्याउने गरेको भए पनि पारिवारिक अवस्थाका कारण आमाले नसक्ने भएपछि उनको विद्यालय यात्रा अघि बढ्न नसकेको हो ।
Read full story at source (gorkhapatraonline.com)