कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा
nepaltvonline.com · Wed Aug 12 13:35:21 GMT 2026
काठमाडौँ- प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डा शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्वतन्त्र, निश्पक्ष र इमानदारी पूर्वक कानुन व्यवसाय गर्न र परिषद्को निरन्तर विकास तथा उन्नतिको कामना गर्नुभयो । आत्ममूल्याङ्कन गर्ने दिनका रूपमा आत्मसमीक्षा गरी पारदर्शिता र जवाफदेहिताको सफल अभ्यास गर्न उहाँले आग्रह गर्नुभयो ।
Read full story at source (nepaltvonline.com)