खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली
lokaantar.com

भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट रु एक करोड ५५ लाख तीन हजार ६८५ बक्यौता रकम असुली गरेको छ । रु पाँच हजारभन्दा माथि बक्यौता भएका र छ महिनाभन्दा माथिको पानीको महसुल नबुझाएका ती ग्राहकबाट सो रकम बक्यौता असुली गरिएको हो ।
कार्यालयका प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि बक्यौता असुलीको काम सुरु गरिएको हो । फागुनदेखि असार मसान्तसम्ममा सो बक्यौता असुली भएको उनले जानकारी दिए । कार्यालयले अझै ५०० ग्राहकबाट रु २० लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । ती लामो समयदेखि महसुल नबुझाएका ग्राहक हुन् ।
Read full story at source (lokaantar.com)