यी राजमार्गमा आज पनि गुड्ने छैनन् गाडी
himalpress.com · Thu Aug 13 02:15:21 GMT 2026

काठमाडौँ- नेपाल प्रहरीले देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरुद्ध भएको जनाएको छ। कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोक मार्गको बोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सुचारु छ। उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।
इलामको राजदुवालीमा झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। त्यहाँ पनि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
Read full story at source (himalpress.com)