निजामती कर्मचारीको‘३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर हद’मा अर्थ मन्त्रालयको सहमति
kendrabindu.com · Thu Aug 13 03:16:48 GMT 2026

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर हद’ तोकेर कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्थामा अर्थ मन्त्रालयले सहमति दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनःसहमतिका लागि पठाएको प्रस्तावमा स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालयले सहमति दिएको हो।
निजामती सेवा ऐनको मसौदालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले ७२ दिनसम्म होल्डमा राखेर सोमबार भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै फर्काएको थियो। संघीय मामिला मन्त्रालयले मंगलबार पुनः अर्थमा पठाएकोमा उक्त विधेयकमाथि पुनः सहमति प्राप्त भएको छ।
Read full story at source (kendrabindu.com)