नेपाल लाइफको नाफामा १५ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?
arthasansar.com · Thu Aug 13 04:48:45 GMT 2026

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अवधिमा साढे ४६ करोड रुपैयाँ माथिको नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०२ प्रतिशतले कम हो । यो अघिल्लो आवमा कम्पनीको नाफा ५४ करोड ७६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा कम्पनीले ५३ अर्ब ४५ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा यस्तो बीमाशुल्क आम्दानी ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६८ अर्ब ३० करोड ८४ लाख रुपैयाँबाट ८.८२ प्रतिशतले बढेर ७४ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
Read full story at source (arthasansar.com)