युनिलिभरको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट
arthasansar.com · Thu Aug 13 05:41:33 GMT 2026

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा नाफा घटेको हो ।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीका खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.०३ प्रतिशत घटेको छ भने कुल आम्दानी ४.४० प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा २.२२ प्रतिशत बढेको छ ।
Read full story at source (arthasansar.com)