भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा लोडसेडिङ
clickmandu.com · Thu Aug 13 06:08:34 GMT 2026

काठमाडौं । पाटन सबस्टेशनको ६६ के.भी. बसबारको मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले भोलि भाद्र २९ गते बिहान ललितपुरका अधिकांश क्षेत्रमा करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मर्मतसम्भार कार्यका लागि भोलि बिहान ५:०० बजेदेखि ७:०० बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागिएको हो ।
सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ । मर्मतसम्भार कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिनेछ ।
Read full story at source (clickmandu.com)