परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यकः पूर्वमन्त्री पाण्डे
emountaintv.com · Thu Aug 13 07:04:29 GMT 2026
काठमाडौँ ।
पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीतिमा सबै राजनीतिक दल र सरोकारवालाहरूको साझा दृष्टिकोण हुनुपर्ने बताउनुभएको छ । नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पाण्डेले परराष्ट्र मामिलामा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले सबै राजनीतिक दल र कूटनीतिका अध्येताहरूलाई एउटै मञ्चमा राखेर मुलुकको निश्चित परराष्ट्र नीति तय गर्नुपर्ने प्रश्ताव गर्नुभयो । नेपालमा परराष्ट्र नीतिका बारेमा जनस्तरमा व्यापक चर्चा हुने गरे पनि यसका प्राविधिक पक्ष र कार्यविधि (मोडालिटी) बारे बुझाइको कमी रहेको उहाँको भनाइ छ । परराष्ट्र नीतिलाई प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) लाई थप सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
Read full story at source (emountaintv.com)