प्रेस काउन्सिलले भन्यो- किशोर श्रेष्ठ पक्राउप्रति गम्भीर ध्यानाकर्षण भयो
onlinekhabar.com · Thu Aug 13 09:52:48 GMT 2026

२८ साउन, काठमाडौं । प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउबारे धारणा सार्वजनिक गरेको छ । काउन्सिलका प्रवक्ता दीपक खनालले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पत्रकार श्रेष्ठको पक्राउ र जनआस्था साप्ताहिकको कार्यालय खानतलासीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
Read full story at source (onlinekhabar.com)