किसान र उपभोक्ताबीचको मूल्य अन्तर घटाउन कार्यदल गठन
arthasansar.com · Thu Aug 13 10:15:43 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा किसान र उपभोक्ताबीचको उच्च मूल्य अन्तर न्यूनीकरण गर्दै कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधार गर्न कार्यदल गठन गरी अध्ययनसमेत थालिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित सरोकारवालाहरूबीच वृहत छलफलपछि गठित ‘आपूर्ति श्रृंखला सुधारका लागि सुझाव कार्यदल’ले किसानले उत्पादनको कम मूल्य पाउने र उपभोक्ताले महंगोमा किन्नुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा काम गरिरहेको छ।
कृषि विभागका उपमहानिर्देशक डा. दिवसराज विष्टको संयोजकत्वमा गठित कार्यदलको प्रारम्भिक अध्ययन अनुसार हाल कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म पाँच तहसम्मका बिचौलियाहरू संलग्न छन्। सरकारले यी अनावश्यक तहहरूलाई घटाएर दुई वा तीन तहमा सीमित गर्ने लक्ष्य राखेको छ। आपूर्ति श्रृंखला सुधारका सिफारिसहरू कार्यान्वयनमा आएमा किसानले प्राप्त गर्ने मूल्यमा करिब ३० प्रतिशतसम्म वृद्धि हुन सक्ने कार्यदलको प्रारम्भिक अनुमान छ।
Read full story at source (arthasansar.com)