पुजारीसमेत मिलेर मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा
ratopati.com · Thu Aug 13 11:17:30 GMT 2026

काठमाडौँ । सुनसरीको धरानस्थित श्री नरसिंह भगवान मन्दिरका पुजारीसमेत मिलेर मन्दिरको नाममा रहेको ३६ लाख रुपैयाँभन्दा बढी मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १४ दुईधारेमा रहेको मन्दिरको साविक भादगाउँ सिनवारी गाभिएका क्षेत्रमा पर्ने कित्ता नम्बर १ को ५ कठ्ठा ७ धुर र कित्ता नम्बर ४ को ४ कठ्ठा १८ धुर गरी कुल १० कठ्ठा ५ धुर जग्गा गैरकानुनी रूपमा हडपेको अनुसन्धानबाट खुलेको हो।
Read full story at source (ratopati.com)