मन्दिरको १० कठ्ठा जग्गा व्यक्तिको नाममा सारेर बिक्री, ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
aarthiknews.com

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार साविक भादगाउँ सिनवारी गाविस–४क का कित्ता नम्बर १ र ४ को क्रमशः ५ कठ्ठा ७ धुर र ४ कठ्ठा १८ धुर जग्गा गलत विवरण र प्रतिवेदन तयार गरी व्यक्तिको नाममा नामसारी गरिएको थियो। उक्त दुवै जग्गा नरसिंह भगवान मन्दिरको नाममा कायम थिए।
Read full story at source (aarthiknews.com)