रोल्पा पहिरोमा ७ जनाको मृत्यु, ५ बेपत्ता भएपछि रास्वपाको सरकारसँग यस्तो अपिल
kalakarmi.com · Thu Aug 13 11:23:07 GMT 2026

काठमाडौं- रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावितको उद्धारमा तीव्रता दिन सरकारसँग आग्रह गरेको छ ।
रास्वपाले बिहीबार विज्ञप्ति जारी गर्दै पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको प्रभावकारी खोजीका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
Read full story at source (kalakarmi.com)