हुलाकको बदलिँदो स्वरूप : नागरिकको घरमै पुग्दै सरकारी कागजात
ictsamachar.com
काठमाडौं । कुनै समय चिठीपत्र आदानप्रदानको मुख्य माध्यम रहेको हुलाक सेवा अहिले सरकारी कागजात नागरिकको घरसम्म पुर्याउने ‘सरकारी कुरियर’को स्वरूपमा बदलिँदै गएको छ । राहदानीदेखि सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र स्वास्थ्य सामाग्रीसम्म ढुवानी गर्ने जिम्मेवारी हुलाकले सम्हाल्न थालेको हो ।
सरकारले हुलाक सेवालाई प्रविधिमैत्री र नागरिक केन्द्रित बनाउने योजनाअन्तर्गत सरकारी सामाग्री तथा कागजात ढुवानीलाई प्राथमिकतामा राखेको छ । नयाँ सरकार गठनपछि मन्त्रिपरिषद्को पहिलो निर्णयबाट अघि बढाइएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’मा समेत हुलाकलाई सरकारी कुरियरका रूपमा विकास गर्ने विषय समेटिएको थियो ।
Read full story at source (ictsamachar.com)