अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार र लगानी सुरक्षा गर्न अर्थ समितिको सरकारलाई निर्देशन
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार तथा व्यवस्थापनलगायत विभिन्न महत्वपूर्ण विषयमा सरकारलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले उपसमितिको स्थलगत अध्ययन तथा अनुगमनबाट प्राप्त सुझावका आधारमा चारवटा मुख्य क्षेत्रमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले बैठकले १३ वटा बुँदामा विभिन्न निर्देशन जारी गरेको जानकारी दिएका छन्।
समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका परिसरहरू साँघुरा भएकाले तिनको आवश्यक विस्तार र प्रभावकारी व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। साथै, विमानस्थलका भौतिक संरचनाहरूको नियमित मर्मतसम्भार गरी चुस्तदुरुस्त राख्न तथा ती संरचनाको प्रयोग गर्दा सर्वसाधारण नागरिकमाथि अनावश्यक आर्थिक भार नपर्ने गरी उचित नियमन एवं व्यवस्थापन गर्न पनि प्राधिकरणलाई भनिएको छ।
Read full story at source (hamrakura.com)