होल्डिङ सेन्टरमा पासवानको मृत्यु, परिवारले माग्यो निष्पक्ष छानबिन
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान बिहीबार झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पासवानको मृत्युको कारणबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग परिवारले गरेको छ।
परिवारका अनुसार बिहान करिब १० बजे खाना खान बोलाउन जाँदा कोठाको ढोका नखुलेपछि पछाडिको झ्यालबाट हेर्दा पासवान झुण्डिएको अवस्थामा भेटिएका थिए। मृतककी बुहारीका अनुसार पासवानलाई तत्कालै उद्धारको प्रयास गरिए पनि उनको मृत्यु भइसकेको थियो ।
Read full story at source (hamrakura.com)