रोल्पा पहिरोमा ७ जनाको मृत्यु, ५ बेपत्ता : रास्वपाद्वारा प्रभावकारी खोज तथा उद्धारको माग
nepallive.com · Thu Aug 13 14:15:51 GMT 2026

काठमाडौं– अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत पहिरोमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको प्रभावकारी खोजी तथा उद्धारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
Read full story at source (nepallive.com)