देशभर साइबर अपराध सम्बन्धी २० हजार ५२६ उजुरी, फेसबूकमा सर्वाधिक दुरुपयोग
kathmandupati.com · Thu Aug 13 14:32:24 GMT 2026

काठमाण्डु – इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गर्ने काठमाण्डुको कपन बस्ने नुवाकोट घर भएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल असार २६ गते पक्राउ परे । यस्तै सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याई ठगी गर्ने काठमाण्डुको बालाजु बस्ने नुवाकोट घर भएका १९ वर्षीय विवेक सुनार असार २४ गते पक्राउ परे । ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट घर भएका २२ वर्षीय शुभम साह असार २ गते पक्राउ परे ।
सुरेन्द्र, विवेक र शुभम त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई ब्ल्याकमेल गर्ने, ठगी गर्ने, अनलाइन स्क्यामिङ गर्ने, सफ्टवेयर कम्पनीको स्रोत संकेतमा अनाधिकृत पहुँच पुर्याउने लगायतका विद्युतीय कसुरमा संलग्न अभियुक्तहरूलाई सीमित स्रोत साधनका बाबजुद उपलव्ध प्रविधिको उच्चतम प्रयोग गर्दै कानुनी दायरामा ल्याउन साइबर ब्यूरो सक्रिय छ ।
Read full story at source (kathmandupati.com)