थबाङको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, तीन जना अझै बेपत्ता
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या १० पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पूर्ण रूपमा पुरिँदा दुई जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।
पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई प्राथमिक उपचारपश्चात् थप उपचारका लागि बुटवल पठाइएको छ। यस्तै, बेपत्ता भएका ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिल बहादुर पुन मगरको खोजी कार्य जिल्ला प्रहरी कार्यालय रोल्पाको समन्वयमा निरन्तर भइरहेको छ।
Read full story at source (hamrakura.com)