रोल्पाको थवाङ पहिरोमा १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
kendrabindu.com · Fri Aug 14 01:02:22 GMT 2026

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारा गाउँमा पहिरोमा परेर नयाँ र पुराना गरेर गाउँका ११ वटा घरगोठसँगै ती घरभित्र रहेका १३ जना पनि पुरिए।
पुरिएर बेपत्ता भएका १३ जनामध्ये ५ जनाको शव खोलाले बगाएर प्यूठानमा पुर्याएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएकाहरू ५ वर्षदेखि ८५ वर्षसम्मका ८ पुरुष र ५ महिला छन्। बस्ती नै बगाएर गएको पहिरो नाङबाङ खोलामा मिसिएको छ। प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार बिहीबार साँझसम्म पहिरोमा परेर बेपत्ता भएकामध्ये १० जनाको शव भेटिएको छ। तीन जनाको यकिन हुन सकेको छैन। घटनास्थलमा ५ जना र प्यूठानमा ५ जनाको शव फेला परेको हो। तीन जना बेपत्ता छन्।
Read full story at source (kendrabindu.com)