बाढीले बगाउँदा नवलपुरमा एक जनाको मृत्यु
annapurnapost.com · Fri Aug 14 01:03:45 GMT 2026

नवलपुर : नवलपुरको हुप्सेकोट गाउँपालिका-४, झ्यालबासमा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ।ज्यान गुमाउनेमा हुप्सेकोट गाउँपालिका-४, झ्यालबासका करिब ५५ वर्षीय कृष्णबहादुर झेडी मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार बिहीबार राति घरनजिकै रहेको ढोडढोइँ खोल्सामा काठको मुडा हटाउन गएका मगरलाई खोल्सामा आएको बाढीले बगाएको थियो।
Read full story at source (annapurnapost.com)