कोलोम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, एक महिलाको ३६ घण्टापछि सकुसल उद्दार
kendrabindu.com · Fri Aug 14 01:22:56 GMT 2026

बोगोटा । पश्चिमी कोलोम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २६५ पुगेको छ भने भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहँदा करिब ५०० जना अझै बेपत्ता छन् । लगातार आइरहेका परकम्पले उद्धार तथा खोजी कार्यमा चुनौती थपिए पनि सुरक्षाकर्मी र उद्धारकर्मीले प्रभावित क्षेत्रमा अभियान जारी राखेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पमा परेकी ३२ वर्षीया महिलाको ३६ घण्टापछि जीवितै उद्धार गरिएको छ । भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्येकै एक पेरेइरा सहरमा भत्किएको भवनको भग्नावशेषबाट डानिएला लार्गोलाई १० घण्टाको उद्धार प्रयासपछि सकुशल निकालिएको हो । चारवटा कंक्रिटका स्ल्याबमुनि पुरिएकी उनलाई उद्धारकर्ताले स्ल्याबमुनिबाट खनेको सुरुङमार्फत उनलाई भेट्टाउन सफल भएको बीबीसीले जनाएको छ ।
Read full story at source (kendrabindu.com)