कास्कीमा मोदीखोलाले मन्दिर र दुईवटा पुल बगायो, ३ जनाको उद्धार हुँदै
ratopati.com · Fri Aug 14 01:38:42 GMT 2026

काठमाडौँ । अविरल वर्षासँगै मोदीखोलाको बहाव बढेपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–६ मा दुईवटा पुल र मन्दिर बगाएको छ ।
अन्नपूर्ण गाउंपालिका वडा नम्बर–५ र ६ को सिमाना पर्ने मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर मोदीखोलाले बगाएको हो । सो ठाउँको दुईवटा पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवानले रातोपाटीलाई बताए । पर्वत र कास्की जोड्ने तथा मन्दिर आवतजावत गर्ने मेटल पुल खोलाले बगाएको हो ।
Read full story at source (ratopati.com)