कांग्रेस संस्थापन इतर पक्षको ‘राष्ट्रिय भेला’आजदेखि काठमाडौं सुरु हुँदै, पूर्वसभापति देउवाले उद्घाटन गर्ने
kendrabindu.com · Fri Aug 14 01:44:12 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको ‘राष्ट्रिय भेला’को आज शुक्रबार उद्घाटन हुँदैछ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा साउन २९–३१ मा राष्ट्रिय भेला गर्न लागेको हो।
करिब साढे ५ महिना सिंगापुर–हङकङ बसेर बिहीबार स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर पक्षले राष्ट्रिय भेला गर्न लागेको हो । विदेशबाट फर्किएका देउवा विमानस्थलबाट सिधै इतर पक्षले राष्ट्रिय भेलाको तयारीका लागि महाराजगन्जको चुनदेवीमा खोलेको सम्पर्क कार्यालय पुगेका थिए। गत पुस २७–३१ मा सम्पन्न विशेष महाधिवेशनको विपक्षमा उभिएका कांग्रेसका नेताहरू सभापति गगन थापामाथि दबाब बढाउन राष्ट्रिय भेलासम्म पुगेका छन्।
Read full story at source (kendrabindu.com)