आन्तरिक विवादबीच धरान उपमहानगरले ल्यायो २ अर्ब ७६ करोडको बजेट
kendrabindu.com · Fri Aug 14 01:52:11 GMT 2026

धरान । धरान उपमहानगरपालिकाले निर्धारित समयभन्दा डेढ महिना ढिला गरी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको छ । बिहीबार आयोजित १९औं नगर सभामा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकामा नगर सभाले पारित गरेको हो ।
नगर सभाबाट बजेट, नीति तथा कार्यक्रम पारित भएसँगै धरान उपमहानगरले ‘बजेट होलिडे’बाट निकास पाएको छ । स्थानीय तहले प्रत्येक आर्थिक वर्षको बजेट असार १० गतेभित्र नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेटसम्बन्धी विवादका कारण धरानको बजेट समयमा प्रस्तुत हुन सकेको थिएन ।
Read full story at source (kendrabindu.com)