रुसलाई रोक्न अमेरिकाको १० प्रतिसत क्षेप्यास्त्र युक्रेनलाई आवश्यक-जेलेन्स्की
kendrabindu.com · Fri Aug 14 02:05:27 GMT 2026

किभ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सीएनएनसँगको अन्तर्वार्तामा सबै रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण रोक्न युक्रेनलाई अमेरिकासँग रहेको हालको इन्टरसेप्टर क्षेप्यास्त्र भण्डारको १० प्रतिशत आवश्यक पर्ने बताएका छन्। उनका अनुसार ५ प्रतिशत मात्र पाए पनि युक्रेनलाई जाडोयाम पार गर्न सहयोग पुग्नेछ।
जेलेन्स्कीले यस वर्ष युक्रेनसँग सन् २०२५ को तुलनामा २.५ गुणा कम इन्टरसेप्टर क्षेप्यास्त्र रहेको बताए। उनका अनुसार रुसले अहिले महिनामा पहिलेको तुलनामा दुई गुणा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ। युक्रेनबाट बाहिरिने अन्तिम बाँकी समुद्री मार्ग पनि पछिल्ला महिनामा रुसी आक्रमणका कारण प्रभावित भएको छ।
Read full story at source (kendrabindu.com)