मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी
khabarhub.com · Fri Aug 14 02:14:46 GMT 2026

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार मध्यराति आएको भीषण बाढीले दुई वटा मेटल पुल बगाएको छ। बाढीका कारण अन्नपूर्ण माता मन्दिर परिसरमा थपिएका सन्त–पुजारीसहित तीन जना फसेका छन्।
अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित बिरेठाँटी नजिक मोदीखोलाको बिच भागमा रहेको अन्नपूर्ण माता मन्दिर जाने-आउने दुवैतर्फ (कास्की र पर्वत जोड्ने) का मेटल पुल राति बाढीले बगाएको हो। बाढीले मन्दिरको तल्लो आधा भागमा समेत क्षति पुर्याएको छ।
Read full story at source (khabarhub.com)