वर्षाले क्षतविक्षत छ कास्कीको वीरेठाँटी क्षेत्र, के-के भयो क्षति ?
ratopati.com · Fri Aug 14 02:52:03 GMT 2026

पोखरा । बिहीबार रातीदेखि अविरल परेको वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका केही क्षेत्रहरू क्षतविक्षत भएका छन् । खासगरी वडा नम्बर ८ को बीरेठाँटी क्षेत्रमा बाढीले बढी नै असर गरेको छ । वीरेठाँटीबाट घान्द्रुक जाने सडक ठाउँठाउँमा मोदी खोलाले बगाएको छ । जसका कारण यातायात ठप्प भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरी चौकी वीरेठाँटीका अनुसार अविरल वर्षाका कारण मोदी खोलामा आएको बाढीले सडक कटान गर्दा भौतिक संरचनामा ठुलो क्षति पुगेको छ । वीरेठाँटी नजिकैको सडकको करिब १०० मिटर बाटो मोदी खोलाले बगाएको छ । बाटो पूर्ण रूपमा बन्द हुनुका साथै पैदल हिँड्ने बाटो समेत बाँकी नरहेको प्रहरीले जनाएको छ ।
Read full story at source (ratopati.com)